
बेइजिङ, चीन, नेपाल र चीनका प्रधानमन्त्रिहरूको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग र अन्य विभिन्न आठ विषयमा सहकार्यका लागि समझदारी प्रकट गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ।
चीनको औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङ बीच ग्रेट हल अफ पिपलमा भएको द्विपक्षीय वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो।
वार्ता सुरु हुनु अघि, चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ पुगेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे