
काठमाडौँ , ३ मसिर । झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ। प्रहरीका अनुसार, दुई पक्ष मिलेर शव उठाउने तयारी गर्दैछन्, जुन अस्पतालमा राखिएको छ। मृतकका परिवार र भुजेलबीच क्षतिपुर्तिका रूपमा ५२ लाख रुपैयाँ दिने सहमति भएको जनाइएको छ।
काठमाडौंको शंकरापुरमा कात्तिक २८ गते भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। यस दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ का ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए। उपचारको क्रममा दुवैजनाको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनापछि भुजेलको कार मोटरसाइकलसँग ठोक्किएर नजिकैको पसलको सटरमा पनि टक्कर हानेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे