
काठमाडौँ, २६ असार । काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको फोहोरलाई प्लाष्टिकले छोपेको छ।
बर्षातले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसकेपछि केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपिएको हो ।
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह .(बालेन) को सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालका अनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो।
दैनिक फोहोर उठाउन कठिन भइरहेको वेला पहिलेदेखि नै थुपारेर राखिएको फोहोर व्यवस्थापन तत्काल गर्न नसकिने लम्सालको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे