
काठमाडौँ — स्वास्थ्य मन्त्री बन्न सिफारिस भएकी डा. संगीता मिश्राको नियुक्ति तत्काल अघि नबढ्ने भएको छ। उनीमाथि प्रत्यक्ष नभए पनि उनका पति कौशल मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नियुक्ति ‘होल्ड’ गर्न भनेकी हुन्।
प्रधानमन्त्री कार्कीले आइतबार मिश्रालाई स्वास्थ्य मन्त्रीको रूपमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्। तर, विवादको जानकारी पाएपछि अहिले उनको नाम अघि नबढाउने निर्णय लिइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
त्यस दिन प्रधानमन्त्रीले अन्य चार जनालाई पनि मन्त्री बनाउन सिफारिस गरेकी थिइन् — अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, र जगदीश खरेल। नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने तय भएको छ। शपथग्रहण राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ।
यस घटनाले मन्त्री सिफारिसको प्रक्रियामा पनि ध्यान दिनुपर्ने र विवादित व्यक्ति छान्न नहुने कुरा झल्काएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे