
काठमाडौँ ,२४ कात्तिक | काठमाडौँ ५ का नम्बर निर्वाचनका उम्मेदवार नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मङ्सिर ४ गतेपछि बन्ने सरकारले ज्येष्ठ नागरिकको भत्ता पाँच हजार बनाउने बताएका छन् ।ज्येष्ठ नागरिकको हकहितका लागि आवाज उठाउने पहिलो पार्टी एमाले रहेको बताउँदै उनले भने , “तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको समयमा विभिन्न दलका कैयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्धवृद्धालाई भत्ता दिन सुरुआत गरेको हो” ।
हामी एमालेले एक सय रूपैयाँ भत्ता दिन सुरू गरेको थियो अब पाँच हजार दिन्छौँ उनले भने ।नेकपा (एमाले) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर रु पाँच हजार पुर्याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा नभएको उनले बताए ।ज्येष्ठ नागरिकको हितका लागि पनि एमालेले आगामी निर्वाचन जित्नुपर्ने बताउँदै उनले भने एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकका लागि भजनकीर्तन र जमघटका लागि भवन निर्माण हुन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे