
काठमाडौँ, १ भाद्र । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको गोल्डेन गेट स्ट्डी अब्रड १६ वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको छ ।
काठमाडौंको न्यु प्लाजा बज्र कम्प्लेक्सको दोस्रो तल्लामा अगस्ट १९ तारिख सनिबार १६ औ बार्षिकोत्सब भब्यताका साथ आयोजना गर्ने भएको छ। वार्षिकोत्सवको अवसरमा विद्यार्थी, अभिभावक, विदेशस्थित कलेज तथा युनिभर्सिटी तथा शुभेच्छुक हरूको उपस्थितीमा कार्यक्रम आयोजना हुन गइरहेको संस्थाका सिइओ रमेश बाग्लेले जानकारी गराउनु भयो।
वार्षिकोत्सवको अवसरमा पिटिई तथा आईएलटिएसको कक्षामा बिषेश छुट प्रदान हुने कम्पनीले जनाएको छ । विदेश जान चाहने विद्यार्थीको प्रोसेसिङ शुल्कमा पनि विशेष छुट साथै बिभिन्न अफरहरू प्रस्तुत गरेको छ। कम्पनीले अष्ट्रेलिया, न्युजील्याण्ड, क्यानडा, अमेरिका, युके, युरोप, जापान अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको र परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट , भाषा शिक्षण र इन्ट्रान्स तयारी कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ । अन्तर्राष्ट्रियस्तरमा रिकग्नाइज एजेन्सीका रुपमा आफूहरुले काम गरिरहेको छ ।
पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि गोल्डेन गेट स्ट्डी अब्रड रिकग्नाइस संस्था हो । ‘विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरुमा विद्यार्थी पठाउन सफल छौं,’ बाग्लेले भन्नुभयो।
बाग्ले नेपाल शैक्षिक परामर्श संघ इक्यानको कार्यसमितिमा रहेर समेत काम गरिसक्नु भएको छ। पायर, टिआइटिआइ लगायत थुप्रै सर्टीफीकेसन हरू समेत प्राप्त गरेका सक्षम परामर्श टिम रहेको समेत जानकारी गराइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे