
चितवन , २८ बैशाख । परीक्षा हलबाट निकालिएपछि एक विद्यार्थीले आत्महत्या गरेकी छिन् ।
चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीया सिम्रन थापाले आत्महत्या गरेकी हुन् । शिक्षकले परीक्षा हलबाट निकालेपछि २१ वर्षीया थापाले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
उनले आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको प्रहरीले जनाएको छ ।
दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।
उक्त घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न विद्यार्थीहरूले माग गरेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे