
एजेन्सी — अफगानिस्तानमा सोमबार आएको शक्तिशाली ६.३ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा २५० जनाको ज्यान गएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। भूकम्पपछि धेरै घर र संरचना ध्वस्त भएका छन्, जसले ठूलो जनधनको क्षति पुर्याएको छ। उद्धार टोलीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा खटिएका छन्, तर प्रभावित क्षेत्रहरूमा पुग्न कठिन भएकाले उद्धारमा ढिलाइ भइरहेको छ।
शुरुमा एउटै गाउँमा ३० जनाको मृत्यु भएको खबर आएको थियो, तर पछि स्वास्थ्य अधिकारीहरूले मृतक संख्या धेरै हुने आशंका गरेका छन्। हालसम्म २५० जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले जनाए अनुसार धेरै व्यक्ति गम्भीर घाइते छन्, र उद्धार टोलीहरू अझै घटनास्थलमा काम गरिरहेका छन्।
भूकम्प अफगानिस्तानको नान्गारहार प्रान्तको जलालाबाद नजिक केन्द्रित थियो। ६.३ म्याग्निच्युडको पहिलो झटपछि सोही क्षेत्रबाट करिब १४० किलोमिटर गहिराइमा ४.७ म्याग्निच्युडको अर्को भूकम्प पनि गएको थियो। सरकार र स्थानीय निकायले उद्दार र राहत कार्य तीव्र पारेका छन्, तर क्षति व्यापक भएकाले समय लाग्ने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे