काठमाडौँ – आदर्श लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गरेको छ ।कम्पनीले ६७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।
यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
असार ६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार १५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे