
काठमाडौँ , २९ वैशाख | काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाड्दै नहिंड्न सूचना गरेपनि अटेर गरेपछि काठमाडौं महानगरपालिकाले विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको हो ।
काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरेपनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताए ।
पहिलो पटक कारबाही गर्न लागिएकाले विज्ञापनजन्य सामग्री बाँड्ने संस्थाहरुलाई पाँच हजार रुपियाँ जरिवाना गरिएको प्रमुख पाण्डेले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे