
काठमाडौँ ,४ कार्तिक | सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने स्वास्थ्यसम्बन्धी भ्रामक विज्ञापन गर्नेलाई कारबाही हुने भएको छ ।काउन्सिलका प्रवक्ता डा। कृष्ण अधिकारीले उपत्यका तथा उपत्यकाबाहिरका एफएम रेडियोमा स्वास्थ्यसम्बन्धी भ्रामक विज्ञापन फैलिरहेको भन्दै त्यसलाई नियमन गर्न लागिएको बताए।
एफएम, पत्रपत्रिका, सामाजिक सञ्जालमा यौन समस्या समाधान गरिने, लिङ्गको आकार सानो ठूलो बनाउने, स्तनको आकार ठूलो सानो बनाउनेजस्ता भ्रामक सूचनाले जनतामा भ्रम फैलिएको र धेरै सर्वसाधारण ठगिएको र यसलाई नियन्त्रणका लागि काउन्सिलले कारबाही को तयारी गरेको हो ।
भ्रामक सूचना गर्नेमा बढी स्वास्थ्य क्लिनिक, औषधि पसल, अस्पतालहरू रहेका छन् ।अब पत्रपत्रिकामा जाँड रक्सी छुटाउने, कोठी हटाउने, कपालको प्रत्यारोपण गर्नेलगायतका विज्ञापन गर्न नपाइने प्रवक्ता अधिकारीले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे