
निर्वाचन आयोगको अनुसारअहिलेसम्म ६ सय ८५ पालिकाको नतिजा आइसकेको छ ।आयोगको अनुसार २३९ नगरपालिका र ४४६ गाउँपालिका गरी ६८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।
नेपाली कांग्रेस:नेपाली कांग्रेसले मेयरमा १२० र अध्यक्षमा १८४ गरी ३०४ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९२ र उपाध्यक्ष १८७ गरी २७९ ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।
नेकपा एमाले:नेकपा एमाले मेयरमा ६६ र अध्यक्षमा १२० गरी १८६ पालिकामा जितेको छ । एमालेले उपमेयर ८८ र उपाध्यक्ष १२१ गरी २०९ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।
माओवादी केन्द्र:माओवादी केन्द्रले मेयर २१ र अध्यक्ष ९६ गरी ११७ पालिकामा प्रमुख तथा उपमेयर ३० र उपाध्यक्ष ९३ गरी १२३ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।
स्वतन्त्र र अरु दल:एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५० वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे