
काठमाडौँ , १८ साउन |अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुलेको छ ।लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।कम्पनीले प्रतिशेयर रु एक सय अङ्कित रु नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
०.५ प्रतिशत कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै ५ प्रतिशत कित्ता सामूहिक लगानी कोषहरुलाई लागि छुट्याइएको छ।
८ साउन बुधबारदेखि कम्पनीको आईपीओ निष्कासन बिक्री खुलेको हो ।साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ १ गतेसम्म समय थप हुने पत्रमा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे