
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मानहानी गरेको आरोपमा एबिसी टेलिभिजनले १ करोड ५० लाख अमेरिकी डलरको जरिवाना तिर्ने भएको छ। यो मुद्दा एबिसी टेलिभिजनका पत्रकार जर्ज स्टेफानोपौलोसको एक अन्तर्वार्तासँग सम्बन्धित छ, जसमा उनले ट्रम्पलाई बलात्कारका लागि जिम्मेवार भएको भनेको आरोप छ। यस आधारमा मानहानीको मुद्दा दायर गरिएको थियो।
१० मार्च २०२४ मा जर्जले ट्रम्पका समर्थक सांसदलाई चुनौती दिँदै बारम्बार यो आरोप दोहोर्याएको जनाइएको छ। एबिसी टेलिभिजनले उक्त अन्तर्वार्तामा गरिएको गलत दावीको लागि खेद प्रकट गरेको छ।
जरिवानको रकम अमेरिकी राष्ट्रपति द्वारा स्थापित परोपकारी संस्थामा जानेछ। साथै, ट्रम्पले कानूनी लडाइका लागि गरेको १० लाख डलर खर्च पनि एबिसी टेलिभिजनले तिर्न सहमति जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे