
काठमाडौँ । स्याङ्जामा चितुवाले आक्रमण गर्दा एक युवक घाइते भएका छन्। वालिङ नगरपालिका–११ गाजने खोल्साको नजिकै स्थानीय प्रदीप अर्यालमाथि चितुवाले आक्रमण गरेको हो।
वडाध्यक्ष डण्डपानी पंगेनीका अनुसार सोमबार साँझ स्कुटर चढेर हिँडिरहँदा उनलाई अचानक चितुवा आएर आक्रमण गरेको थियो ।
चितुवाको आक्रमणमा परेका अर्याललाई पहिले गह्रौं प्राथमिक अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई पोखरा लगिएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे