
काठमाडौँ , २४ माघ । कैलालीको धनगढीस्थित नोभा अस्पताल प्रालिको शौचालयमा एक युवक मृत भेटिएका छन३ । गएराति २ः३० बजेको समयमा युवक कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका २५ वर्षीय रविन्द्र राना अस्पतालको शौचालयमा मृत भेटिएका हुन ।
प्रहरीका अनुसार आफ्नो डेढ वर्षका भतिजाको कुरुवा बसेका राना राति करिब २ बजेतिर शौचालयमागएका तर। धेरै बेरसम्म नफर्केपछि अस्पतालका सुरक्षागार्डले ढोका खोलेर हेर्दा राना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । रानाको सेती प्रादेशिक अस्पतालमा शव परीक्षण भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे