
काठमाडौँ , माघ ४ । सियारी गाउँपालिका–७ हिरागञ्जमा रहेको न्यू कामना इँटा उद्योगमा कार्यरत मजदुरको आफ्नै साथीको कुटपिटबाट मृत्यु भएको छ । प्रहरीका अनुसार न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको हो । मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् ।
उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरेपछि सामान्य झगडामै कृष्णले इँटाले निष्ठुरीको छातीमा प्रहार गरेको थिए । गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएकामा उपचारको क्रममा मृत्यु भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे