
एजेन्सी।जेनेभामा आयोजित मानव अधिकार परिषद्को ५८औँ सत्रको अवसरमा नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले किर्गिज गणतन्त्रका उपप्रधानमन्त्री एच.ई. एडिल बाइसलोभसँग भेटवार्ता गरेकी छन्।
भेटवार्ताका क्रममा नेपाल र किर्गिज गणतन्त्रबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा पारस्परिक चासोका विषयमा विचारविमर्श भएको छ। दुबै पक्षले राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्यको आवश्यकता रहेको उल्लेख गरेका छन्।
यस अवसरमा मन्त्री राणाले नेपालले बहुपक्षीय मञ्चहरूमा अघि सारेका प्राथमिकताहरूबारे जानकारी गराएकी थिइन्। उपप्रधानमन्त्री बाइसलोभले किर्गिज गणतन्त्र नेपालसँगको सम्बन्धलाई महत्व दिने बताउँदै द्विपक्षीय हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
उक्त बैठकले नेपाल–किर्गिज सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे