
दाङ , वैशाख ४ । दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका ३५ वर्षीय बसन्त केसी सहायक हवल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
डिउटीमा रहेकf केसीले आइतबार साँझ ८: ४० बजे तिरको समयमा एसएलआरले आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लका अनुसार घरायसी विवादका कारण सहायक हवल्दार केसीले आत्महत्या गरेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे