
काठमाडौं, जेठ १८ । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार सात सयले बढेको । सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाला सुन प्रतितोला एक लाख ४२ हजार दुई सय कायम रहेको छ । बिहीबार छापवाला सुन प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय निर्धारण गरिएको छ । भएको छ । तेजाबी सुन बिहीबार एक लाख ३९ हजार आठ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा २५ ले घटेको छ । बिहीबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ७५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे