
काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार एकै दिन प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय रूपैयाँमा कारोवार भएको चाँदी आज ३५ रूपैयाँले बढेर २ हजार १ सय ३५ रूपैयाँमा कारोवार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे