
काठमाडौँ , २४ असोज | नेपाली विद्यार्थीहरूको उद्धारका लागि आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान इजरायल जाने भएको छ । दुबई ट्रान्जिट हुँदै नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे उड्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बुधबार) बिहान पर्यटनमन्त्री सुदन किराती र नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुख इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
इजरायलमा हमासको आक्रमणमा परि १० लेपाली विद्यार्थीहरूले ज्यान गुमाएका छन् । आक्रमणमा परेका ज्यान गुमाएका विद्यार्थीहरू नेपालका त्रिभुव विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ प्रोग्रामअन्तर्गत इजरायल पुगेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे