काठमाडौं ,२८ असोज ।आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा पनि शुक्रबारको भन्दा ५ रुपैयाँ घटेको छ ।महासंघका अनुसार चाँदी १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे