
काठमाडौँ , १५ कात्तिक | नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।थम्पसनले आज बिहान दाहाल निवास खुमलटारमा पुगेर दाहाललाई भेटेका हुन्।
भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो ।अध्यक्ष दाहालले भने, ‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ। तपाईको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु।’ थम्पसनले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे