
काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारमा भयानक हत्याकाण्ड भएको छ। ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती ममता थापा र सासू बिन्दा थापालाई धारिलो हतियारले प्रहार गरी हत्या गरेका छन्।
भर्जिनियाको पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा घरेलु हिंसाको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले उक्त दृश्यलाई “कल्पनाबाहिरको विभत्स र भयावह” भनेको छ।
घटना हुँदा छत्रबहादुरका ज्वाइँ सन्तोषकुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्छाउँदै थिए। उनी घरभित्र चिच्याएको आवाज सुनेर ९११ मा फोन गरेर पस्दा आफ्नी श्रीमती र सासूलाई रक्ताम्मे अवस्थामा भेटे। छत्रबहादुरले त्यसपछि सन्तोषमाथि पनि आक्रमण सुरु गरेका थिए।
प्रहरी घटनास्थल पुगेको बेला छत्रबहादुर सन्तोषमाथि प्रहार गर्दै थिए। पटक–पटक हतियार फाल्न दिएको आदेश मान्न नसकेपछि प्रहरीले गोली चलायो र छत्रबहादुरको घटनास्थलमै मृत्यु भयो। सन्तोष गम्भीर घाइते छन् भने ममता र बिन्दाको ज्यान गएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे