काठमाडौँ ,३१ असोज |साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २.६१ अंकले गिरावट भएर १८५६.३१ अंकमा बन्द भएको छ ।कारोबारमा आएका २१९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङसँगै होटल तथा पर्यटन, निर्जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसूचक पनि वृद्धि भएको छ ।सोमबार नेप्से परिसूचक कारोबारमा बैंकिङ समूहको १.५२, होटल तथा पर्यटन १०.३७, निर्जीबन बीमा १२.७७, अन्य ४.६७, ट्रेडिङ समूहको उपसूचक १.६५ अंकले बढेको छ । यस्तै विकास बैंक २७.४८, वित्त कम्पनी १७.१३, जलविद्युत १४.१८, जीवन बीमा २६.१६, माइक्रोफाइनान्स समूहको उपसूचक ६.०२ अंकले घटेको छ ।
नबिल बैंकले २ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुनुका साथै प्रभु बैंकको २ करोड ६१ लाखको शेयर खरिदबिक्री भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे