
काठमाडौँ , १९ भाद्र | निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तेस्रो दिन बयान दिन सिंहदरबार दिएका छन् ।बयानमा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए। आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनले दाबी गर्दै आईरहेका छन् ।जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।
समितिले भदौ १५ र १६ मा जबरासँग बयान लिएको थियो। पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ६ प्रश्न सोधिएको थियो भने दोस्रो दिको बयानमा २ वटा प्रश्न मात्र सोधिएको छ ।सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, तर दुई दिनको बयानका क्रममा जम्मा ६ वटा प्रश्न मात्र सकिएको छ ।
आज आइतबार पनि जबरासँग समिति सदस्यहरुले ५ वटा प्रश्न सोधेका थिए । जसमा रञ्जन कोइरालाको मुद्धाबारे पनि प्रश्न सोधिएको छ । उनले रञ्जन कोइरालाको मुद्दाको फैसलामा आफू प्रायश्चित्त रहेको उनले बताए । उनले भने ,‘यो आधारबाट महाअभियोग लाग्छ भने गिल्टी फिल गर्दिनँ ‘।
श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका रञ्जन कोइरालालाई तोकिएको २० वर्ष सजायमा जबराले ८ वर्षमा झारेका थिए ।उनले यो निणर्य गलत भएको र जनतासमक्ष क्षमा मागेका छन् ।अब अर्को बैठक २५ भदौमा बस्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे