काठमाडौँ – तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट मंगलबार एक बालकको मृत्यु भएको छ । घरको आँगनमा खेलिरहेका पाँच वर्षीय सुपिम्र रिलामीलाई चितुवाले आक्रमणमा गरेको थियो ।
चितुवाको आक्रमणबाट पाँच वर्षीय सुपिम्र रिलामीको ज्यान गएको हो । उनको शव घरभन्दा २०० मिटर टाढाको छपेली सामुदायिक वनमा फेला परेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे