
काठमाडौँ , माघ ४ । आज रुपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयले बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारी सस्थाको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गर्दैछ। हिजो समय अभावका कारण दर्ता गर्न नसकिएको पूरक अभियोजन आज दर्ता गर्न लागिएको हो। प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदनका आधारमा आज मुद्दा दायर गर्न लागेको हो ।
प्रारम्भिक मुद्दामा सुप्रिम सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित २८ जना विरुद्ध ठगीको मुद्दा दर्ता गरिएको थियो। हिजो १७ जनालाई संगठित अपराधको आरोप थप गर्दै मुद्दा दर्ता गरिएको छ। थप अभियोजनमा ४२ जनाबाट १ अर्ब १२ करोड रुपैयाँको दाबी गरिएको छ। सुप्रिम सहकारीका १० हजार ३ सय ९१ सदस्यहरूले जम्मा १ अर्ब ३१ करोड बचत गरेका थिए, जसमा ८६ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको पाइएको छ। १४ करोड रुपैयाँ बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएकाे प्रतिवेदनमा उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे