
काठमाडौँ ,३० कात्तिक –भोजपुरको तिवारी भञ्ज्याङमा आयोजित कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ। सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट भएको हो ।
विस्फोटमा परेर १ जना घाइते भएका छन् भने एक महिला सामान्य घाइते भएकी छिन् । उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ। तर उनी कार्यक्रमस्थलमा नपुग्दै विस्फोट भएको हो ।
कार्यक्रममा आएको भोजपुर अरुण गाउँपालिका घर भएका सुमल श्रेष्ठले रातो झोलामा टिफिनभित्र मोबाइलमा फिट गरेको बम विस्फोट भएको हो। श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा रहेका छन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे