
काठमाडौँ, २ असोज । सुदूरपश्चिममा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । बुधबार बिहान १०ः ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाका अनुसार बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा भूकम्पको धक्का महसुस भएको छ ।
भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा साँझ ८ बजेर ३५ मिनेट जाँदा ३।७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे