
काठमाडौँ , २४ माघ | जुम्लामा घर आगालागिबाट जलेर एक वालिकाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका— १ ठिन्केमा स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी भएको हो । आगलागी हुँदा १४ बर्षीया छोरी वन्दना भण्डारीको जलेर मृत्यु भएको हो ।
आगलागीबाट ३ कोठे घर पूर्ण क्षति हुनुका साथै १४ बर्षीया भण्डारीकी छोरीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।आगलागी भएको घरमा ७ जना सुतेका थिए । आगलागी भएको चाल पाउँदा अरू सबै घरबाहिर निस्कन सफल भएकोमा ती किशोरी भने बाहिर निस्कन नपाई आगोमा फसेकी थिइन् ।
ढुङ्गा र काठले वनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे