
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड ले कृषि विकास बैंक लिमिटेड सँगको सहकार्यमा म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिकामा निर्माण हुन लागेको २० मेगावाट क्षमताको कुनाबन खोला जलविद्युत आयोजना वित्तीय व्यवस्थापन सम्पन्न भएको घोषणा गरेको छ। सुष्मित इनर्जी प्रा.लि. द्वारा प्रवर्द्धित उक्त आयोजनाको कुल लगानी करिब ३ अर्ब रुपैयाँ रहेको छ।
बैंकका अनुसार यो वित्तीय व्यवस्थापनले हरित वित्तीय अभ्यास तथा दिगो लगानी प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। जलविद्युत उत्पादनमार्फत स्वच्छ ऊर्जा प्रवर्द्धन गर्दै कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्यसहित आयोजना अघि बढाइएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे