
काठमाडौं। रमेश कर्प ले आफ्नो स्थापना दिवसको अवसरमा संस्थाको यात्रा, उपलब्धि र भावी योजना समीक्षा गरेको छ। कम्पनीले स्थापना भएको छ वर्ष पूरा गरेको सन्दर्भमा आयोजित कार्यक्रममा संस्थापक स्वर्गीय रमेश गुप्ता को दृष्टि र योगदानलाई स्मरण गरिएको थियो।
कम्पनीका कार्यकारी निर्देशक सञ्जय अग्रवाल ले संस्थाको विकासक्रममा विश्वास, सम्बन्ध र दीर्घकालीन सोच मुख्य आधार बनेको उल्लेख गर्नुभयो। उहाँका अनुसार पछिल्ला वर्षहरूमा कम्पनीले विविध क्षेत्रमा विस्तार गर्दै आफ्नो उपस्थितिलाई सुदृढ बनाएको छ।

कार्यक्रममा संस्थाको सफलतामा कर्मचारीको योगदान र संस्थागत मूल्यको निरन्तरतामा जोड दिइएको थियो। कम्पनीले आगामी दिनमा थप अनुशासन, सहकार्य र स्पष्ट लक्ष्यसहित नयाँ चरणको विकासतर्फ अघि बढ्ने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे