
काठमाडौँ। वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीर अन्त्येष्टि अघि श्रद्धाञ्जली अर्पणका लागि चलचित्र विकास बोर्डको प्रांगणमा राखिएको छ। शनिबार बिहान हृदयघातका कारण निधन भएका थापाप्रति अन्तिम सम्मान व्यक्त गर्न कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरू बोर्डको कार्यालयमा उपस्थित भएका छन्।
नेपाली र भारतीय चलचित्रमा सयौँ भूमिकामार्फत अभिनय गरेका थापा नेपाली चलचित्र क्षेत्रमा एक स्थापित र सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए। उहाँको निधनले कला क्षेत्रले एक अनुभवी र समर्पित कलाकार गुमाएको भन्दै चलचित्रकर्मीहरूले गहिरो शोक व्यक्त गरेका छन्।
अन्त्येष्टि प्रक्रिया अघि थापाको पार्थिव शरीर चावहिलस्थित चलचित्र विकास बोर्डको आँगनमा राखी श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। श्रद्धाञ्जलीका क्रममा कला, संस्कृति तथा चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वले थापाको योगदान स्मरण गर्दै अन्तिम बिदाइ गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे