
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई कडा चेतावनी दिएका छन् । उनले भनेका छन्, यदि रूसले युक्रेनमा युद्ध रोक्ने प्रयास नगरे, भने अमेरिका युक्रेनलाई लामो दूरीको शक्तिशाली टोमाहक मिसाइल दिन सक्छ ।
आइतबार इजरायल जान लागेका बेला पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, “टोमाहक अत्यन्त शक्तिशाली र आक्रामक हतियार हो, र रूसलाई यसको सामना गर्न जरुरी छैन।” उनले यो पनि भने कि आफूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग हतियारबारे फोनमा छलफल गरिसकेको छ ।
ट्रम्पका अनुसार, टोमाहक मिसाइल युक्रेनलाई प्रत्यक्ष नदिइने, बरु अमेरिका नेटोलाई दिनेछ र नाटोमार्फत् युक्रेनमा पुर्याइनेछ ।
उनको भनाइ रूसले युक्रेनको पावर ग्रिडमा ठूलो आक्रमण गरी जाडो अघि ऊर्जा पूर्वाधार कमजोर पारेपछि आएको हो । मस्कोले अमेरिकाले टोमाहक दिन सक्ने सम्भावनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे