
काठमाडौँ । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रतिपक्ष नेता मारिया कोरिना माचाडोले जितेकी छन्। नोबेल कमिटीले उनलाई भेनेजुएलामा लोकतन्त्र र मानव अधिकारको पक्षमा अहिंसात्मक संघर्ष गरेको योगदानका लागि यो प्रतिष्ठित पुरस्कार दिएको हो। ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको उल्लेख गर्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।
माचाडो लामो समयदेखि सत्तारूढ सरकारविरुद्ध आवाज उठाउँदै आएकी नेत्री हुन्। उनलाई चुनावमा भाग लिनबाट रोकिएको थियो, धम्की र दबाब पनि धेरै थियो, तर उनले आफ्नो अभियान शान्तिपूर्ण तरिकाले निरन्तर अघि बढाइन्। नोबेल कमिटीका अनुसार उनले “तानाशाहीबाट लोकतन्त्रतर्फको शान्तिपूर्ण मार्ग” खोल्न महत्वपूर्ण योगदान पुर्याइन्।
नोबेल शान्ति पुरस्कारलाई संसारकै सबैभन्दा ठूलो सम्मान मानिन्छ। यसले लोकतन्त्र र स्वतन्त्रताको लागि गरिने संघर्षलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्छ। माचाडोको जितले भेनेजुएलाका जनताका लागि आशाको सन्देश दिएको छ।
नोबेल पुरस्कार वितरण समारोह यो वर्षको डिसेम्बरमा नर्वेमा हुनेछ। यस अवसरमा उनलाई औपचारिक रूपमा पदक र प्रमाणपत्र प्रदान गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे