
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच गाजामा जारी युद्ध अन्त्यतर्फ पहिलो कदम चालिएको बताएका छन्। उनको भनाइ अनुसार दुबै पक्ष प्रारम्भिक शान्ति सम्झौतामा सहमत भएका छन्, जसले आगामी युद्धविरामको बाटो खोल्ने सम्भावना बढाएको छ। हमासले बनाएका सबै बन्दीहरू छिटै रिहा गरिने र इजरायलले निश्चित सीमारेखामा सैनिकहरू राख्ने जानकारी पनि ट्रम्पले दिएका छन् ।
गाजामा करिब दुई वर्षभन्दा लामो समयदेखि भइरहेको द्वन्द्वका कारण हजारौं मानिसले ज्यान गुमाएका छन् भने लाखौं विस्थापित भएका छन्। ट्रम्पले भने, “अब दुबै पक्षले कम्तीमा पहिलो चरणमा सहमति जनाएका छन्, जसले भविष्यमा स्थायी युद्धविरामको ढोका खोल्नेछ।” उनले यो प्रक्रिया सरल नभए पनि संवादले समाधानतर्फ मार्ग खुल्ने विश्वास व्यक्त गरे।
अमेरिकी नेतृत्वको चासो र अन्तर्राष्ट्रिय दबाबका कारण पनि यो सम्झौता सम्भव भएको बताइएको छ। सम्झौतामा विशेष गरी मानवीय सहायता, बन्धकबन्दीमुक्ति र सीमित रूपमा युद्धविरामको समयावधि तय गर्नेबारे छलफल भएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्। सहमतिको मध्यस्थता गरेको कतारले यसको विस्तृत विवरण पछि दिइने जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे