
काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार आफ्नो ७५ औं जन्मदिन मनाए। यस अवसरमा उनले विश्वका विभिन्न नेताबाट शुभकामना प्राप्त गरे। रुसी राजदूत डेनिस अलिपोभ, न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन, राष्ट्रपति द्रौपदी मुर्मु, विदेशमन्त्री एस. जयशंकरसहित धेरै विशिष्ट व्यक्तिहरूले बधाई दिएका छन्।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मोदीलाई फोन गरी व्यक्तिगत रूपमा जन्मदिनको शुभकामना दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेखेका छन्, “मेरो मित्र प्रधानमन्त्री मोदीसँग निकै राम्रो संवाद भयो। मैले उनलाई जन्मदिनको शुभकामना दिएँ। उनी राम्रो काम गर्दैछन्।” दुबै नेताबीच रुस–युक्रेन युद्धसम्बन्धी कुराकानीसमेत भएको बताइएको छ।
मोदीको जन्मदिनको अवसर पारेर सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले ‘सेवा पखवाडा’ सुरु गरेको छ, जसअन्तर्गत सेप्टेम्बर १७ देखि अक्टोबर २ सम्म रक्तदान, स्वास्थ्य परीक्षण, वृक्षारोपण र सरसफाइ अभियानजस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन्।
मोदीले आजै ‘धारमा प्रधानमन्त्री मित्र योजना’ अन्तर्गत भारतको पहिलो मेगा टेक्सटाइल पार्कको उद्घाटन गर्दैछन्, जसले हजारौं युवालाई रोजगारी दिने अपेक्षा गरिएको छ। साथै, ‘स्वस्थ नारी, सशक्त परिवार’ अभियान पनि आजै सुरू हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे