
काठमाडौँ, ५ भदौ – इजरायली सेनाले योजनाबद्ध रूपमा गाजामा जमिनी आक्रमण सुरु गरेपछि गाजा शहरबाट ठूलो संख्यामा प्यालेस्टिनीहरू भागिरहेका छन्। शहरका बाहिरी क्षेत्रमा सेनाले पाइला टेकिसकेपछि स्थानीयवासीहरू त्रसित हुँदै सुरक्षित स्थानतर्फ सरेका हुन्।
गाजामा दस लाखभन्दा बढी मानिस बसोबास गर्छन्। पछिल्लो बमबारी र तोपखानाको आक्रमणपछि इजरायली सेनाले जेइटुन र जबालिया क्षेत्रमा फौज परिचालन गरिसकेको जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धले निम्त्याउने विनाश रोक्न तत्काल युद्धविरामको आह्वान पुन: गरेका छन्।
प्रधानमन्त्री नेतान्याहूले गाजा सहरलाई “आतंककारी गढ” भन्दै कब्जा गर्नुपर्ने बताएका छन्। हमासले भने इजरायलमाथि निर्दोष नागरिकमाथि क्रूर हमला गरेको आरोप लगाएको छ। फ्रान्सेली राष्ट्रपति म्याक्रोन लगायत धेरै अन्तर्राष्ट्रिय नेताहरूले इजरायलको योजनाको विरोध गरेका छन्, र यसले दीर्घकालीन युद्धको खतरा बढाउने चेतावनी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे