
ताप्लेजुङ , बैशाख १४ | ताप्लेजुङमा बुधवार राति परेको चट्याङले लागेर १० वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका–४ साँघुका १० वर्षीय फुर्वादोर्ची शेर्पा रहेका छन् । चट्याङ लागेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवैजनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे