• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

१0 मिनेट अघि
२

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

१ घण्टा अघि
३

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

२ घण्टा अघि
४

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

३ घण्टा अघि
५

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

३ घण्टा अघि
६

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

३ घण्टा अघि
७

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

३ घण्टा अघि
८

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

३ घण्टा अघि
९

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

३ घण्टा अघि
१०

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

५ घण्टा अघि
११

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

२१ घण्टा अघि
१२

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०७९ माघ २, सोमबार (३ साल अघि)

आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् सिर्जना

  • 3,586 Views
  • रुपन्देही, माघ ३ । आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै हुनुहुन्थ्यो । २९ वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन उहाँलाई भ्याइनभ्याइ थियो । सोमबार बुहारी सरस्वतीको साथमा छोरीलाई पाहुर पठाउन खिमिसरा बिहानैदेखि सेलरोटी पकाउन व्यस्त हुनुहुन्थ्यो ।

    सात वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छोरी चाडवाडका बेलामा पनि घर आउन नभ्याएपछि सोमबार कोसेली लिएर बुहारी सरस्वती काठमाडौंमै पुग्ने तयारीमा हुनुहुन्थ्यो । सिर्जनाको  आइतबार दुईवटा हवाइउडानका लागि पालो परेको थियो । बिहान साढे १० बजे काठमाडौंदेखि यति एयरलाइन्सको एटिआर ७२ जहाजमा पोखरा उडान भर्ने र  आइतबारै पोखराबाट काठमाडौं फर्किएपछि भद्रपुर जाने तालिका उहाँले शनिबार फोनमा आमा खिमिसरालाई बताउनुभएको थियो ।

    माघे सङ्क्रान्तिका दिन रूपन्देहीमा बिहानैदेखि शीतलहर चलेको थियो । अघिल्लो दिन घाम लागे पनि त्यस दिन निकै चिसो र बाक्लो हुस्सु लागेको थियो । यत्तिकैमा बिहान ११ः३० बजेतिर पोखरामा विमान खस्यो भन्ने समाचार जताततै फैलियो । पछि यति एयरकै जहाज खसेको थाहा पाएपछि उहाँलाई पत्याउन कर लाग्यो र सैनामैना नगरपालिका–५ बुद्धनगरमा रहेको सिर्जनाको घरमा पनि रुवावासी सुरु भयो । सिर्जनाका छिमेकी जम्मा हुनथाले सिङ्गो गाउँ नै शोकमा परिणत भयो ।

    एक दिन अगाडि फोनमा छोरीसँग घण्टौँ कुरा गर्नुभए खिमिसरालाई त्यो घटना सुरुमा विश्वास गर्न गाह्रो भयो तर केही छिनमै सामाजिक सञ्जाल र मिडियामा नामसहित विवरण आउन थालेपछि खिमिसरालाई पत्याउन कर लाग्यो । घटनापछि उहाँको घरमा छिमेकी जम्मा भए । “हिजो फोनमा कुरा गर्दा अलि धेरै बटुक र रोटी पठाइदिनु है ममी भनेकी थिई, आज यस्तो भयो” खिमिसराले भक्कानिँदै भन्नुभयो । ‘बटुक धेरै मनपर्छ, अलि धेरै पठाइदिनु है मम्मी’ भन्ने वाक्य खिमिसराको मनमा अझै गडेर बसेको छ ।

    भारतीय सेनाबाट अवकाश प्राप्त बुबा रिमबहादुर र खिमिसराकी छोरी सिर्जनाका साथै तीन छोरा छन् । उनको निधनपछि सैनामैनामा शोकमा रहेका  आफन्त, छिमेकी र स्थानीय जनप्रतिनिधिले खिमिसरा र परिवारका अन्य सदस्यलाई सान्त्वना दिने काम गरिरहेको वडाध्यक्ष धनप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    प्लस–टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीमा अध्ययनरत सिर्जनाले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक तहसम्म अध्ययन पूरा गरी बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गर्नुभएको थियो । आइतबार बिहान १०ः३२ मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो । विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो
    १0 मिनेट अघि

  • २

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    १ घण्टा अघि

  • ३

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    २ घण्टा अघि

  • ४

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    ३ घण्टा अघि

  • ५

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    ३ घण्टा अघि

  • ६

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    ३ घण्टा अघि

  • ७

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    ३ घण्टा अघि

  • ८

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    ३ घण्टा अघि

  • ९

    सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख
    ३ घण्टा अघि

  • १०

    सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ६

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution