
काडमाडौं, पुस २६ । सरकारले एसिड आक्रमण परेका पीडितको उपचारको लागि अस्पतालहरु निर्धारण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याले एसिड आक्रमणमा परेका पीडितहरुका लागि निःशुल्क उपचारका लागि काठमाडौं उपत्यका तीन अस्पताललाई तोकेको हो ।
जसअनुसार आकस्मिक उपचार पश्चात् उपचार निःशुल्क उपचार गर्नका लागि वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताल तोकिएको हो ।
यद्यपि मन्त्रिपरिषद्को निर्णयअनुसार एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि २०७८ अनुसार पीडितहरुले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन सक्ने भनिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे