
काठमाडौँ, २३ भाद्र । काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी बनाइएका घर तथा भवनहरुका लागि ९० दिने सूचना जारी गर्दै नक्शा र विवरण पेश गर्न भनेको छ ।
बिहीबार एक सूचना जारी गर्दै महानगरले ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न सुचित गरेको हो ।
तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४, प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र महानगरपालिकाको निर्णय बमोजिम कारबाही गरिने सुचनामा भनिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे