
एजेन्सी । शुक्रबार बिहान रूसको सुदूर पूर्वी क्षेत्र कामचटका प्रायद्वीपमा ७।८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण भवनहरू हल्लिएका थिए र सुरक्षाका लागि अधिकारीहरूले तत्काल सुनामीको चेतावनी जारी गरेका थिए, जुन केही घण्टापछि हटाइएको छ।
रूसी सामाजिक सञ्जालमा देखिएको भिडियोमा घरभित्रका बत्ती र फर्निचर हल्लिएको, र सडकमा पार्क गरिएको गाडी अगाडि(पछाडि हल्लिएको देखिन्छ। अमेरिकी भूगर्भीय सर्वेक्षण अनुसार भूकम्प प्रायद्वीपको राजधानी पेट्रोपाभ्लोभ्स्क–कामचाट्स्कीबाट १२८ किलोमिटर पूर्वमा, जमिनको १० किलोमिटर गहिराइमा केन्द्रित थियो।
रूसी भूभौतिक विभागले यसको तीव्रता ७।४ म्याग्निच्युड आँकिएको जनाएको छ। यसपछि कम्तिमा पाँच पटक परकम्पसमेत गएका छन्। प्रशान्त सुनामी चेतावनी केन्द्रले सुरुवातमा तटीय क्षेत्रमा खतरनाक छालाहरू आउन सक्ने चेतावनी जारी गरेको थियो, तर केही घण्टापछि सुनामीको खतरा समाप्त भएको जानकारी दिएको छ।
कामचटका गभर्नर भ्लादिमिर सोलोडोभले “हालसम्म कुनै ठूलो क्षतिको रिपोर्ट आएको छैन” भन्दै नागरिकहरूलाई शान्त रहन अनुरोध गरेका छन्। कामचटका प्रायद्वीप टेक्टोनिक प्लेटहरूको गतिविधि धेरै हुने क्षेत्रमा पर्छ, जहाँ नियमित रूपमा शक्तिशाली भूकम्पहरू आउने गर्छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे