
एजेन्सी । कंगोमा हालसालै मंकीपक्सको महामारी फैलिएको छ जसका कारण ६१० जनाको मृत्यु भएको छ। मंकीपक्स सङ्क्रमणबाट १७ हजार ८०१ भन्दा बढि सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार, यो रोगको प्रकोप पछिल्लो महिनामा तीव्र रूपमा बढेको छ।
मंकीपक्सले उच्च ज्वरो, रसे, र शरीरका अन्य अंगमा चामलर जस्तो घाउ बनाउन सक्छ जसले गर्दा संक्रमित व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पार्दछ। कंगोको स्वास्थ्य विभागले संक्रमण फैलिन नदिन विभिन्न स्वास्थ्य उपायहरू अपनाउँदै छ र समुदायलाई सचेत गराउँदै छ।
विश्वव्यापी रूपमा स्वास्थ्यसम्बन्धी सङ्गठनहरूले कंगोको यो संकटलाई समाधान गर्न थप सहायता र स्रोतहरू उपलब्ध गराउने तयारी गरिरहेका छन्। यो महामारीको नियन्त्रण र रोकथामका लागि अनिवार्य कदम चाल्नको आवश्यकता छ। यस अवस्थाको निराकरण गर्न वैश्विक एकता र सहकार्य अत्यावश्यक छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे