
काठमाडौँ । शिक्षा मन्त्री महाविर पुनले विदेशमा रहेका नागरिकलाई मतदान अधिकार दिने विषयमा सर्वदलीय बैठकबाट कुनै ठोस निर्णय नउत्पन्न भएकोमा गम्भीर दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत मन्त्री पुनले बताए अनुसार राजनीतिक दल, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगबीच करिब ६ घण्टा लामो छलफल भए पनि विदेशमा बस्ने नेपालीले भोट हाल्ने व्यवस्था कार्यान्वयन गर्ने विषयमा सहमति नजुटेको हो।
उनले बैठकमा सहभागी नेताहरू र नागरिक समाजका अगुवाहरूले भाषणमै समय बिताएको र सरकारको कमजोरी मात्र औँल्याएको आरोप लगाएका छन्। मन्त्री पुनले देश संकटतर्फ धकेलिने परिस्थिति रोक्न सृजनशील र ठोस सुझाव दिन नसक्ने राजनीतिक दल, नेताहरू र सरकारप्रति चेतावनी दिएका छन्। साथै, उनले युवालाई सडक जुलुसमा मात्र होइन, आगामी चुनावमा सक्रिय र साहसी नेतृत्वका लागि अघि बढ्न आग्रह गरेका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे