
एजेन्सी । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार भेनेजुएलामा ६।३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भेनेजुएलाको मेने ग्रान्डेबाट लगभग १७ माइल उत्तरपूर्वमा भेनेजुएला समय अनुसार राति ११: ५१ बजे भूकम्प गएको एजेन्सीको तथ्याङ्कले देखाउँछ। युएसजीएसको तथ्याङ्कले पहिले ६।४ म्याग्निच्युडको रिपोर्ट गरेको थियो। यो क्षेत्रमा करिब पाँच घण्टा अघि गएको ६।२ म्याग्निच्युडको अर्को भूकम्पको शक्तिशाली पराकम्प हो।
भूकम्प राजधानी काराकसमा पनि महसुस गरिएको थियो । राजधानी काराकस केन्द्रविन्दुबाट छ सय किलोमिटरभन्दा टाढा छ । केही भवनहरू हल्लिएका कारण धेरै बासिन्दा आफ्ना अपार्टमेन्ट छोडेर बाहिर निस्किन बाध्य भएको एएफपी पत्रकारहरूले जनाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे