
बारा , मङ्सिर २७ । बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा २०८१ सालको पञ्चवर्षीय मेला सुरक्षाको लागि ५ सय सशस्त्र प्रहरी २४ घण्टा तैनाथ गरिएको छ। मेला मङ्सिर १ गतेदेखि शुरु भई ३० गतेसम्म सञ्चालन हुनेछ। यस मेलामा सुरक्षा सुनिश्चित गर्न नं. १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको नेतृत्वमा टोली परिचालन गरिएको छ। मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा मेला स्थलमा कमान्ड पोस्ट स्थापना गरिएको छ।
मेलामा भिड व्यवस्थापन र निगरानीका लागि ड्रोनको प्रयोग गरिएको छ, साथै पोखरीको निगरानीका लागि विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित तैनाथ छन्। मेला सुरक्षार्थ २ वटा तालिम प्राप्त डग परिचालन गरिएको छ। ठुलो सङ्ख्यामा भक्तजनहरूको उपस्थिति रहने भएकाले सशस्त्र बल नेपाल उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्थामा लागिरहने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे