
काठमाडौँ , ८ चैत । सरकारले यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरि सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियान समाप्त भएको छ । यो खोप नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई लगाइएको थियो । खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन्। भारतसँग सीमा जोडिएका दादुरा -रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा यो खोप लगाइएको थियो ।
खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि यँिह अभियानमै लगाइने यसका लागि सातै प्रदेशमा गएर खोपबारे स्वास्थ्यकर्मीलाई तालिमसमेत सञ्चालन गरिएको थियो । खोप अभियानका लगि देशभर ४८ हजार सात सय ९८ खोप केन्द्रमा ४९ हजार नौ सय ३७ जना स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ जना स्वयसेवक परिचालन गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे